Trend

झापाको मेचीनगरबाट साइबर क्राइम मुद्दामा एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको विषयमा अश्लिल टिकटक बनाएको आरोपमा मेचीनगर–६ स्थित बर्मेली टोलका ३८ वर्षीय सोमप्रसाद घिमेरे (बिकास)लाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका घिमिरेलाई अहिले प्रहरी प्रधान कार्यालय साइवर ब्यूरो अपराध अनुसन्धान तथा कारबाही शाखा लगिएको प्रहरीले जनाएको छ ।

घिमिरेले केहिदिन अगाडि प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीको अनैतिक भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर


TOP