Trend

३१ साउन, काठमाडौं । सरकारले कायम राख्ने गरी लिएको लक्ष्य उछिन्दै अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा उच्च मूल्य वृद्धि भएको छ । यस आवमा सरकारले ६.५ प्रतिशतमा सीमित राख्ने बताएको थियो ।

तर, २०७९ असारमा एक वर्ष पहिलाको तुलनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.०८ प्रतिशत कायम भएको छ । यो २०७८ असारको वृद्धिदर भन्दा करिब दोब्बर हो । वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २०७८ असारमा भने ४.१९ प्रतिशत रहेको थियो । एक वर्षको बीचमा बढेको मूल्य अनुसार वार्षिक औसत उपभोक्ता मुद्रास्फीति भने ६.६२ प्रतिशत रहेको छ ।

यस तथ्यांक अनुसार पनि नेपालमा अघिल्लो आर्थिक वर्षमा दोब्बर मूल्य वृद्धि भएको देखिएको छ । आव २०७७/७८ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ३.६० प्रतिशत रहेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार यस आवमा नेपालीको भान्सा बढी महँगो भएको छ । खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत पर्ने घ्यू तथा तेलमा २६.१३ प्रतिशत दाल तथा गेडागुडीमा ९.९२ प्रतिशत मूल्य वृद्धि भएको छ ।

सूर्तीजन्य पदार्थमा ९.८४ र मदिरामा ८.५७ प्रतिशत मात्र मूल्य वृद्धि भएको छ । गैरखाद्य तथा सेवा समूहमा यातायातमा १५.८२ प्रतिशत, शिक्षामा ८.७८ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणमा ७.०९ र मनोरञ्जन तथा संस्कृतिमा ६.६८ प्रतिशतको मूल्य वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर


TOP