Trend

नयाँ दिल्ली। भारतीय सेनाध्यक्ष विपीन रावत र उनकी पत्नीसहित १४ जना सेनाका अधिकारी चढेको हेलिकप्टर एमआई-१७ बी ५ तमिलनाडुको कुन्नुरमा दुर्घटनामा परेको छ। दुर्घटनामा भएको मानवीय क्षतिबारे कुनै जानकारी आइसकेको छैन।

भारतीय सञ्चार माध्यमका अनुसार दुर्घटनामा परेकामध्ये तीन जनालाई नजिकैको अस्पतालमा लगिएको छ। तर, उनीहरुको पहिचान खुलाइएको छैन।भारतीय वायु सेनाका अनुसार दुर्घटनाको अनुसन्धानको आदेश दिइएको छ।

रावत भारतको  पहिलो चिफ अफ डिफेन्स स्टाफ-सीडिएस हुन्। स्थल, जल र बायु सेनालाई संयुक्त नेतृत्व गर्ने गरि भारतले सीडिएसको अवधारण अगाडि सारेको थियो। सिडिएस हुनुअघि उनी तीन वर्ष भारतको स्थल सेनाध्यक्ष रहेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर


TOP